बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, हेर्नुहोस कति पुग्यो अब ?

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेपछि सोहि अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ।  बढेको मुल्य सोमबार राति १२ देखि नै लागू हुने छ।

नयाँ मुल्य अनुसार प्रतिलिटर पेट्रोल १०६ रुपैयाँ, डिजेल र मट्टीतेल ८७-८७ रुपैयाँ पुगेको छ। यस अघि पेट्रोलको मुल्य १०५ र डिजेल तथा मट्टीतेलको मुल्य प्रति लिटर ८५ रुपैयाँ थियो।

नयाँ मुल्य अनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ९१ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर ०.७६ रुपैयाँ घाटा भएको निगमका प्रवक्ता गोइतले बताएका छन। पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएपनि निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

यसअघि २ अप्रिलमा पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको थियो । अप्रिल १५ सम्म पाक्षिक नाफा २० करोड रुपैयाँ थियो । नयाँ मुल्यसुची अनुसार पाक्षिक नाफा २१ करोड २३ लाख रुपैयाँ पुगेको जनाएको छ।

निगम अत्यधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वचालित मुल्य लागू गर्दै आएको छ। स्वचालित मुल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। निगमले पनि सोही अनुसार मुल्य समायोजन गर्दै आएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप