विश्वमा कोरोनाले ९ लाख ६७ हजारको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।

यसैगरी कोरोना संक्रमितको संख्या बिहानसम्म विश्वभर ३ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ तथा ब्राजिलमा ३२ हजार ४४५ जना संक्रमित थपिएका छन् ।

यस्तै अर्जेन्टिनामा १२ हजार ६२५, फ्रान्समा १३ हजार तथा बेलायतमा ६ हजार बढी संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४२३ जनाको मृत्यु भएको छ । भारतमा ११ सय ५२, अमेरिकामा १ हजार ५२ तथा ब्राजिलमा ९ सय ६ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस