भारतमा कोरोनाबाट एकैदिन ११ सय ३० जनाको मृत्यु, ८६ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ३० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८७ हजार ८८२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ९६१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५४ लाख ८७ हजार ५८१ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४३ लाख ९६ हजार ३९९ जना ठिक भएका छन् । त्यस्तै १० लाख ३ हजार २९९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ४३ लाख ९२ हजार ५९४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ३१ हजार ५३४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मृत्युपश्चात् अङ्ग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं । मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने मृतकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गरिने …

प्रतिकृया दिनुहॊस