बाँकेमा कोरोना संक्रमित कैदीको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारेका ५८ वर्षीय पुरुषको आज विहान साढे ६ बजे मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी भदौ २२ गतेदेखि भेरी अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचाररत थिए ।

कर्तब्य ज्यान मुद्दामा सुर्खेत कारागारमा रहेका उनलाई उपचारका लागि बाँके कारागारमार्फत भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनी दमका दीर्घ रोगी पनि रहेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री