अाज थप १३२५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज अाईतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४११ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप