११३ चलचित्र प्राविधिकलाई महानायक हमालको सहयोग

काठमाडौं । महानायक राजेश हमालले नेपाली चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका हुन् ।

चलचित्र प्राविधिक संघद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा नायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् । चलचित्र प्राविधिकहरुसँग अत्यन्त नजिक रहेका हमालले कोरोना र लकडाउनका कारण दैनिक जीवन असहज भएका प्राविधिकहरुलाई व्यक्तिगत तथा केही विदेशमा रहेका साथीभाइहरुको सहयोगमा उक्त रकम सहयोग गरेका बताए ।कार्यक्रममा बोल्दै नायक हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताउँदै प्रदान गरिएको रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । साथै हमालले आगामी दिनमा समस्या बढ्दै गए अझै ठूलो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

स्मरण रहोस् केही समय अगाडी कलाकार, निर्माता निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई दिइएको महानायकको उपाधिमा प्रश्न उठाएकी थिइन् । त्यतिबेला बोल्दै दीपाश्रीले चलचित्र क्षेत्र नै समस्यामा परेको बेला हमालले कुनै सहयोग नगरेको आरोप लगाएकी थिइन् ।

तर, हमालले भने व्यक्तिगत रुपमा गरिएको सहयोग प्रचारबाजी गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । आर्थिक सहयोग कार्यक्रममा बोल्दै हमालले व्यक्तिगत रुपमा गर्ने सहयोगमा मिडियाको आवश्यक नपर्ने बताएका थिए । समुहगत रुपमा गर्ने सहयोगमा मात्र मिडियाको सहयोग आवश्यक रहने उनकाे भनाइ छ । चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गर्दा हमाललाई अमेरिकामा रहेका केही साथीहरुले पनि सहयोग जुटाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस