रौतहटकी ५१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–९ की ५१ वर्षीया महिला रहेकी छन् ।

कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार स्वासप्रस्वासमा समस्या आई भदौ २८ गते भर्ना भएकी उनमा २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ६:१५ बजे मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री