देवचुलीका कोरोना संक्रमित ३१ वर्षीय युवकको चितवनमा मृत्यु

चितवन । कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा एक ३१ वर्षीय युवाको ज्यान गएको छ । कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका-११ का ३१ वर्षीय एक युवकको मृत्यु भएको हो ।

२६ गते कोरोना पुष्टि भएका उनको गए राति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री