फाइल फोटो

विश्वभर संक्रमितको संख्या ३ करोड नाघ्यो, २ करोड २० लाख बढीले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३ लाख नाघेको छ भने ९ लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३ लाख ३३ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ५० हजार १३९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड २० लाख २२ हजार ५८ कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख २ हजार १९५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६८ लाख ७४ हजार १३९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ८३८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८६१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ हजार ४०४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७९३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५२ लाख १२ हजार ६८६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ५७ हजार ४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८५७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ३१ पुुगेको छ ।

नेपालमा विहिबार देशभर गरी १ हजार २४६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५९,५७३ पुगेको छ। अहिले देशभरि १६,२४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,९०३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विहिबारसम्म निको हुनेको कुल सङ्ख्या ४२,९४९ पुगेको छ भने ३८३ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds