भारतमा कोरोनाबाट एकैदिन १२ सयको मृत्यु, ९७ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १२ सय १ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७७ हजार ४७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ५७० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४६ लाख ५९ हजार ९८५ पुगेको छ । भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३६ लाख २४ हजार १९७ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ५८ हजार ३१६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ५ करोड ५१ लाख ८९ हजार २२६ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ९१ हजार २५१ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री