कोरोनाबाट चितवनमा थप एकको मृत्यु, थपिए ८७ जना संक्रमित

चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप एक जनाको ज्यान गएको छ । यस्तै एकैपल्ट ८७ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

यस्तै पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी प्रमुख डा. नीतु अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुस् विज्ञप्ती:-

तपाईंको प्रतिकृया

लेखकबाट थप