सीपीएल उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । गए राति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि जितेको हो ।

ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो ।

लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस