काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन् ।
संक्रमतिमा कास्कीको पोखरा महानगरपालिका- १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् भने पोखरा महानगरपालिका- ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत बिरामी हुन् ।
त्यस्तै, पोखरा महानगरपालिका- १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मामा नेपाल प्रहरीमा कार्यरत छन् ।
हेर्नुहोस् पूरा विवरण:-

तपाईंको प्रतिकृया




