काठमाडौं । अहिले देशभरीका जिल्लामध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन् । त्यसमध्ये पनि अधिकांश काठमाडौं महानगरपालिकामा छन् ।
महानगरको २० भदौसम्मको तथ्यांक अनुसार महानगरका ३२ वटा वडामा कोरोनाका सक्रिय संक्रमितको कुल संख्या २,३६२ पुगेको छ । जसमध्ये १२२२ सक्रिय संक्रमितहरू होम आइसोलेसनमा रहेका छन् भने ११४० जना अस्पताल तथा संस्थागत आइसोलेसनमा छन् ।
महानगरमा हालसम्म २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महानगरमा मात्रै कुल संक्रमितको संख्या ३,७६३ पुगेको छ । अहिलेसम्म ९६० जनामात्रै निको भएका छन् ।
महानगरको २० भदौसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित हुने क्षेत्रहरूमध्ये स्वयम्भु क्षेत्रमा ३१५, बालाजु क्षेत्रमा २६७, कोटेश्वर क्षेत्रमा २४४, महाराजगञ्ज क्षेत्रमा २२९, त्रिपुरेश्वर क्षेत्रमा १९३, इनबहाल क्षेत्रमा १८६ र कलंकी क्षेत्रमा १८५ जना संक्रमित छन् ।
हेर्नुहोस् पूरा विवरण :-




