गण्डकी प्रदेशमा सोमबार ६७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका ३१ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १५ जना र तनहुँका ३ जना रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना छन् ।

त्यस्तै कास्की जिल्ला, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुन् भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी हुन् ।

त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्समा कार्यरत १७ महिला र ८ जना पुरुष हुन् । त्यस्तै नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन् ।

अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७७३ रहेको छ भने निको हुने दर ६८.२४ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २५९८ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस