५० हजार घुससहित नापी अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । नापी कार्यालय उदयपुरका कार्यालय प्रमुख तथा नापी अधिकृत श्यामबाबु प्रसाद साह ५० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । गाईघाटस्थित एक जग्गाको नक्शा सुधार संशोधन गर्ने प्रयोजनको लागि घुस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले साहलार्इ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप