काठमाडौँ । शुक्रबार पनि सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३५ रुपियाँले घटेर १ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




