एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौतापत्र आदानप्रदान, लगानी बढ्ने

काठमाडौं । एनआईसी एशिया बैंक तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा कर्जा सम्झौतापत्र आदान प्रदान गरिएको छ । उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएको बैंकले वताएकाे छ ।

दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । बैंककाअनुसार देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न आजको आवश्यकता छ । अावश्यक कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी दिएकाे छ ।

साे कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी बृद्धि हुनाले देशको आर्थिक वृद्धिमा सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस