काठमाडौं । आजबाट काठमाडौं उपत्यकाभित्र दुई सातादेखि जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ। तेस्रो चरणको निषेधाज्ञा केही खुकुलो बनाइएको हो ।
अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु, दूध, फलफलु, माछामासु, तरकारी बिक्री गर्ने समय बढाइएको छ । बिहान ९ बजेसम्मका लागि पसल संचालन गर्न दिइएकोमा आजबाट बिहान ११ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने छ ।
प्रशासनले टेक अवे सेवा संचालन गर्न स्वीकृति दिएको छ । तर, यसरी व्यवसाय संचालन गर्दा संलग्न व्यक्तिहरुको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । निषेधाज्ञा थप भए अनुसार भदौ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ ।
तपाईंको प्रतिकृया



