काठमाडौं । नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन तथा कार्यदक्षताका आधारमा खनाललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । रमेश खरेलले प्रहरी सेवामा २९ वर्ष बिताएका छन् ।
तपाईंको प्रतिकृया




