काठमाडौं । सरकारले आन्तरिक उडान र लामो दुरीको सवारी साधन भदौ मसान्त सम्मका लागि स्थगित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले आन्तरिक उडान तथा सवारी साधन सञ्चालनमा भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।
यसअघि भदौ १५ देखि आन्तरिक उडान तथा सवारी साधन सञ्चालन गर्ने निर्णय भएको थियो । राजधानीमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । भने, राजधानी बाहिरका स्थानमा पनि अवस्था जटिल बन्दै गएकोले सरकारले आन्तरिक उडान र सवारी साधन सञ्चालनमा यसअघि गरेको निर्णयलाई परिमार्जन गरेको हो ।
हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने
यस्तै मन्त्रिपरिषद्ले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्का एक मन्त्रीका अनुसार ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो ।
राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत् छन् । भने, ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद बैठक बसेको थियो ।
प्रतिकृया दिनुहॊस