मध्यपुरथिमिमा कोरोना संक्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

भक्तपुर । कोभिड-१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार उच्च रक्तचापको बिरामी रहेकी ती महिलामा मृत्यु भइको हो । वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिए ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए । अस्पतालका निर्देशक श्रेष्ठले भने, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो ।’

उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि हो ।

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र भोली दुई दिनका लागि बन्द गरिएको उनले जानकारी दिए । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप