विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख नाघ्यो, ८ लाख १२ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६० लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६० लाख ७८ हजार ७५४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख १२ हजार ४०७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ३५ लाख ८१ हजार ८८८ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८० हजार ६०४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५८ लाख ७४ हजार १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३२ हजार ७ सय १८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ४३० जनाले ज्यान गुमाएका छन् ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४९५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार १७२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ६९२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो ।

नेपालमा आइतबार देशभर गरी ८१८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३१ हजार ९३५ पुगेको छ । संक्रमितमध्ये १८ हजार ६३१ निको भएर घर फर्किएका छन् भने संक्रमणबाट १४९ को मृत्यु भएको छ । १३ हजार १५५ सक्रिय संक्रमितमध्ये ९ हजार २१२ संस्थागत र तीन हजार ९४३ जना होम आइसोलेसनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस