काठमाडौं । नेपाली लेग स्पिनरर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ ।
लगातारको हारसँगै जमैका अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । १ खेलमा जित र २ मा हार भोगेको जमैकाको २ अंक छ । समान ३ खेल खेलेको गुयाना शीर्ष स्थानमा छ । २ खेलमा जित र १ मा हारर भोगेको गुयानाको ४ अंक छ ।
१ खेल कम खेलेको ट्रिनबागो दोस्रो र बार्बाडोस चौथो स्थानमा छना् । ३ खेल खेलेको जुक्स तेस्रो स्थानमा रहँदा समान खेलबाट कुनै जित हात पार्न नसकेको प्याट्रियट्स अंक तालिकाको पुछारमा छ ।
शनिबार राति भएको खेलमा जमैका गुयाना एमेजन वारियार्ससँग १४ रनले पराजित भएको हो । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ गरे पनि टोलीको हार टार्न सकेनन् । गएको २ खेलमा समान १ विकेट लिएका सन्दीपले शनिबार राति २ विकेट आफ्नो नाममा लेखाएका छन् ।
नवौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो स्पेलमा ८ रन खर्चेर २ विकेट लिए । सन्दीपले ११औं ओभरको दोस्रो बलमा रदरफर्डलाई पेभेलियनको बाटो देखाएका थिए ।
१५ औं ओभरको चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे । मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान २ विकेट लिए । आन्द्रे रसेलको नाममा एक विकेट रह्यो ।
गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन मात्र बनाउन सक्यो । रसेलले अर्धशतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेकोे गुयानाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रनको योगफल तयार पारेको थियो ।
प्रतिकृया दिनुहॊस