होम आइसोलेसनमा बस्‍ने संक्रमितले प्रतिदिन ३५० पाउने !

काठमाडौं । टोखा नगरपालिकाले कोरोना पोजिटिभ भई होम आइसोलेसनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रूपैयाँ उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको हिजोको बैठकले कोरोना संक्रमित भई होम आइसोलेसनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

टोखाले कोभिड-१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल गरिएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम्‌सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसार भेन्टिलेटर व्यवस्था गर्न अध्ययन गरी कार्यान्वयनका लागि नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको …

प्रतिकृया दिनुहॊस