इलाम । इलामको सूर्योदय नगरपालिका स्थित करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनको गए राती ११ बजेतिर मृत्यु भएको थियो । उनी गत साउन २६ गते भारतको हैदरवादबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा रहेका उनी आइतबार बिरामी परेपछि प्राथामिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टिनमा नै उपचार गराएका थिए । मृतकमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
साउन ३० गते उनको स्वाब परिक्षणका लागि पठाइएकोमा आज उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
Aa
प्रतिकृया दिनुहॊस