वीरगन्जमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवामा कोरोना पुष्टि

वीरगन्ज । पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको गौर नगरपालिका वडा नं. १ का ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

मृत्युपश्चात सङ्कलन गरिएको स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको आइतबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

यी युवकको मृत्युसँगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ जसमध्ये साउन महिनामा मात्रै २४ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २८ जनामा पर्साका २० जना, बाराका पाँच जना , रौतहटका २ जना र घण्टाघरमा मृत भेटिएका हालसम्म पहिचान खुल्न नसकेका एक जना युवक रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस