एनआइसी एशिया बैंकले सुरु गर्‍यो कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सेवा

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो डिजिटल फर्स्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ ।

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइवरसोर्स (Cybersource Inc.) को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।

अमेरिकाको बहुर्राष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको यस ऋथदभचकयगचअभ क्ष्लअ।को गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित ई–कमर्स, ट्राभल एण्ड टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्‍याउँदै बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तीमा रहिआएको छ । यस पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहक महानुभावहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ । यस गेटवे प्रणालीबाट हालका लागि भिसा कार्ड मार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टर कार्ड, यूनियन पेलगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस