युनाइटेड इन्स्याेरेन्सको नाफा ५० प्रतिशतले बृद्धि

काठमाडौं । युनाइटेड इन्स्याेरेन्सले आ.व. २०७६ / ०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष २ करोड १२ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष ३ करोड ४१ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले   अघिल्लो वर्ष २३ करोड ३ लाख ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।गत वर्ष ३१ करोड ८० लाख २२ हजार रुपैयाँ रहेको छ ।१ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५२ लाख ११ हजार रुपैयाँ रहेको छ ।

बीमा कोषमा ३० करोड ८० लाख १ हजार रुपैयाँ रहेको छ भने  जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप