काठमाडौं । विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १३ लाख ५९ हजार १ सय ६६ पुगेको हो ।
हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६८ हजार ८ सय ६४ पुगेको छ भने १ करोड ३३ लाख ६२ हजार ३ सय जना निको भएका छन् । हालसम्म अमेरिकामा ५३ लाख ५६ हजार २ सय ४४ जना संक्रमित भएका छन् भने त्यहाँ १ लाख ६९ हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, ब्राजिलमा ३३ लाख १७ हजार ९६ संक्रमित र १ लाख ७ हजार २ सय ३२ मृत्यु, भारतमा २५ लाख २६ हजार १ सय ९२ संक्रमित र ४९ हजार ३६ मृत्यु, रुसमा ९ लाख १५ हजार ८ सय ८ संक्रमित र १५ हजार ५ सय ८५ मृत्यु, दक्षिण अफ्रिकामा ५ लाख ८३ हजार ६ सय ५३ संक्रमित र ११ हजार ६ सय ७७ को मृत्यु भएको छ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।




