ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले रत्नराज बज्राचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

आगामी ४ वर्षको लागि नियुक्त भएका बज्राचार्य नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा गरेर कार्यकारी निर्देशकबाट बाहिरिएका व्यक्ति हुन् । उनी यसअघि पनि ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

सो बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनी फेरि ग्लोबल आईएमईमा फर्केका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस