काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८७१ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४५ हजार २५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार ६०१ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतमा कुल संक्रमित २२ लाख ६८ हजार ६७६ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म १५ लाख ८३ हजार ४९० जना ठिक भएका छन् भने ६ लाख ३९ हजार ९२९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ५२ लाख ८१ हजार ८४८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६ लाख ९८ हजार २९० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहॊस