काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको शवको सनाखत भएको छ ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ।
उनी काठमाडौंको एक गार्मेन्ट उद्योगमा काम गर्ने गरेको पनि खुलेको छ । शव अन्दाजी ४०-४५ वर्षका पुरुषको भए पनि सनाखत हुन नसकेपछि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको थियो ।
तपाईंको प्रतिकृया




