काठमाडौंको गोंगबुमा टाउको काटिएको अवस्थामा एक शव फेला

काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको   भने  केही पर झोलामा भेटिएको छ  ।

स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरीसहित    प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ ।

शवलाई पोष्टमार्टम गर्नको लागित्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । शवको प्रकृति हेर्दा गएराति हत्या गरेर फालिएको जस्तो   देखिएको प्रहरीले जनाएको छ।  शव अन्दाजी ४०-४५ वर्षका पुरुषको भए पनि सनाखत  हुन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री