भारतले संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि उछिन्यो

काठमाडौं । कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या धेरै रहेको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट सात सय ५८ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ब्राजिलमा पाँच सय १४ र अमेरिकामा चार सय ६७ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा संक्रमित पनि भारतमा धेरै देखिएका छन् । भारतमा ५२ हजार सात सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा ४९ हजार ३१ र ब्राजिलमा २४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार तीन सय ६८ जनाले ज्यान गुमाएका छन् ।

यसबीचमा सबैभन्दा धेरै मेक्सिकोमा सात सय ८४ जनाले ज्यान गुमाएका छन् भने कोलम्बोमा तीन सय २०, दक्षिण अफ्रिकामा दुई सय १३, पेरुमा दुई सय ६, इरानमा दुई सय आठ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । यो सँगै विश्वभर संक्रमितको संख्या एक करोड ८२ लाख २१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ९२ हजार नाघेको छ । अहिलेसम्म एक करोड १४ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस