मेलम्चीमा पहिरो: ८ वेपत्ता, एक जनाको जीवितै उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा ८ जना मजुदर बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै राति साढे २ बजे तिर मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो खस्दा ९ मजुदर बेपत्ता भएकोमा एकजनाको जीवितै उद्धार गरिएको मेलम्चीका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरासिया, प्रदिप चौरासिया, राजेश चौधरी, विक्रम थिङ, मनबहादुर रुम्बा, सिमन घ्लान, शिव बालक, धामी, सोनाम लामा छन् भने बारु शहाको उद्धार गरिको छ ।

उनीहरु मेलम्ची नगरपालिकामा निर्माणधिन कर्भडहलमा कार्यरत कामदार हुन् । कर्भडहलमा काम गर्ने कामदार बस्ने जस्ताको टहरो आधा पुरिएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरी र स्थानीयले बेपत्ताहरुको उद्धारमा खटिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस