सुन तोलाको ९९ हजार ३ सय पुग्यो

काठमाडौँ ।  आज शुक्रबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय   पुगेको छ । यस अघि विहिबारर सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री