ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा १५ सय ५४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार १८८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार ८६९ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा २५ लाख ५५ हजार ५१८ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १७ लाख ८७ हजार ४१९ जना ठिक भएका छन् भने अहिले ६ लाख ७७ हजार ९११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । ब्राजिलमा अहिले ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस