सडक दुर्घटना : कैलालीमा वर्षेनी ६ दर्जनले अकालमा ज्यान गुमाउँदै

डम्मर बम 

काठमाडौं । सोमबार बिहान स्कुटीमा सवार २६ वर्षीय सन्तोशी बोहोराको ट्रकको ठक्करबाट मृत्यु भयो । र्मिमिरे लघुवित्त वित्तिय संस्थामा कार्यरत उनिलाई कार्यालय नजिक कैलालीको सडकपुर वौनियामा ट्रकले ठक्कर दिएको थियो । सडक दुर्घटनामा कैलालीमा वर्षेनी करिब छ दर्जनले अकालमा ज्यान गुमाइ रहेका छन् । त्यस क्षेत्रमा यस आ.व ७७।७८.को दोस्रो सडक दुर्घटना हो ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार आर्थिक बर्ष ७६।७७ मा जिल्लामा १ सय ४६ सडक दुर्घटनामा ६९ जनाले गुमाए । आर्थिक बर्ष ७५।७६ मा ७० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । कार्यालयका प्रहरी निरिक्षक सरोजकुमार ठकुराठीका अनुसार आर्थिक बर्ष ७६।७७ २२ ट्रक, १७ बस, १९ जिप कार, १५ ट्याक्टर, १०३ मोटरसाइकिल र ३० वटा अन्य सडक दुर्घटनामा २०६ वटा सवारी दुर्घटना भए । सो दुर्घटनामा परी ४९ जना पुरुष, ११ जना महिला, ८ बालक र १ बालिकाले ज्यान गुमाए ।

सरकारले पूर्ण रुपमा गरेको लकडाउनमा सडक दुर्घटना र ज्यान गुमाउने संख्या भने तुलनात्मक रुपमा बढी रह्यो । विश्व महामारीको रुपमा फैलिएको कोरोना १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन गरे तापनि सो अवधीमा सामान्य अवस्था भन्दा बढी सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कैलालीको भनाई छ । यस अवधीमा भएका ४० वटा सवारी दुर्घटनामा २२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा १६ जना पुरुष, ३ महिला र ३ जना बालक रहेका छन् । “जिल्लामा सवारी चाप बढी रहेको छ,” प्रहरी निरिक्षक ठकुराठीले भने “मानिसहरुमा ट्राफिक नियम सम्बन्धी जनचेतना कमीका कारण सडक दुर्घटना बढी भई रहेको छ ।”

लाईसेन्स विना सवारी चलाउनु, तिब्र गतिमा गाडी चलाउनु, मादक प्रदाथ सेवन गरी सवारी चलाउनु सामान्य रुपमा पनि ट्राफिक नियमको पालना नगर्नु सडक दुर्घटनाको मूख्य कारण भएको शिक्षाविद् बद्री लम्सालको भनाई छ । ट्राफिक प्रहरी मात्र भएर होइन, ट्राफिक नियमको पालना गरी सवारी चलाए सवारी दुर्घटनामा कमी हुने उहाँको भनाई छ ।

“अपरिपक्क चालकहरु न्यून तलबमा काम गर्छन,” शिक्षाविद् लम्सालले भने, “तीनीहरुमा सवारी मालिकको हो, दुर्घटना भई हाले १५-२० दिन मात्र सजाय हुन्छ, भन्ने सोचका कारण लापरवाही तवरले सवारी चलाउदा अप्रिय घटना हुन्छ ।” साथै पैदल यात्रुले समेत सडक पार गर्दा ट्राफिक नियम ध्यान दिनु पर्ने र स्थानीय सरकारको समेत जनतामा जनचेतना जगाउने काम गर्नुपर्ने शिक्षाविद् लम्सालको सल्लाहा छ ।

वरिष्ठ शहरी योजनाकार गिरिजाप्रसाद गोर्खालीका अनुसार सडक दुर्घटना हुनुका तीन कारण छन् । जुन चालक, सडक र सवारी साधान हुनः

चालक
१) सवारी चालक अनुमति पत्र भएको नहुन,
२) गलत तरिकाले वाटो काट्नु,
३) लामो दुरीमा एउटै सवारी चालक हुनु,
४) सवारी चालकले ट्राफिक नियम र संकेतको उल्लघंन गर्नु,
५) मादक प्रदार्थ सेवन गरी सवारी चलाउनु,

सडक
१) मापदण्ड अनुरुप सडक निर्माण नहुनु,
२) ट्राफिक संकेतहरु प्रष्ट देखिने नहुनु,
३) सडकको दुरावस्था हुनु,
४) सडक बीच राखिने सूचनाहरुको कारण,
५) ट्राफिक संकेतहरु नराखिनु,

सवारी साधन
१) सवारी साधन मर्मतमा ध्यान नदिनु,
२) ब्रेक, गेरको राम्रोसँग मर्मत नहुनु,
३) पुराना थोत्रा गाडीहरु सञ्चालनमा हुनु,
४) क्षमता भन्दा बढी यात्रु वा सामान ढुवानी गर्नु,
५) पिच सडक किनारको वाँकी ठाउँ मर्मत नगर्नु,

साथै उनले सडक दुर्घटना जथाभावी सडक पार गर्दा हुने भएकोले पैदल यात्रीले आकाशे पुलको प्रयोग गर्नुपर्ने बताए । सवारी दुर्घटना हुँदा ठूलो गाडीको गल्ति देखाउने जस्ता कारणले साना सवारी साधानको लापरवाहीका कारण दुर्घटना घट्ने सम्भावना बढी रहेको वरिष्ठ शहरी योजनाकार गोर्खालीको भनाई छ । उनले सवारी साधानको अवस्था अनुसार ग्रिन स्टिकर प्रयोग गर्न दिने र ब्लू बुक नविकरण गर्दा गाडी चेक गर्नुपर्ने बताए ।

जिल्लाको अवस्था हेर्दा सडक दुर्घटनाका कारणहरुः

सडक दुर्घटना हुनका मूख्य कारणः
१) जिल्ला सडकको दुरावस्था हुनु,
२) राजमार्गमा सवारी साधान तिव्र गतीमा हुन,
३) राजमार्गको नजिक मानबवस्ति हुनु,
४) छाडा चौपाया,
५) राजमार्ग नजिकै घर निर्माण समाग्री राख्ने,
६) ट्राफिक नियमको पालाना नगर्ने ।
७) मापदण्ड अनुसार ट्राफिक संकेत नबनाउनु,
सडक दुर्घटना कम गर्न सकिने प्रयासः
१) ट्राफिक संकेतलाई ध्यान दिनु,
२) ट्राफिक नियमको पालाना गर्नुपर्ने,
३) विशेष गरी पशु चौपांया छाडा नछोड्ने,
४) प्रक्रियाबाट लाईसेन्स दिनेमा कडाई,
५) अभिभाबले ट्राफिक नियम वारे छोराछोरीलाई सचेत गराउने,
६) भिडभाड हुने र शहरी क्षेत्रमा सीसी क्यामरा जडान गर्नुपर्ने,
७) सानो होस् वा ठुलो सवारीको गल्ति पत्ता लगाउने,
८) सवारी सधानलाई मर्मत गरी राख्ने,

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ मा भएको व्यवस्था आठौं संशोधन २०७४ मा भएको व्यवस्थाः-
दफा १५. यात्रीवाहक सवारीको वर्गीकरण, स्तर तथा क्षमताः यात्रीवाहक सवारीको स्तर तथा क्षमता देहाय बमोजिमको हुनेछः-

(क) बसः चालक सहित २६ देखि ५६ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ख) मिनिबसः चालक सहित १५ देखि २५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ग) जीप, भ्यान, पिकअप र माईक्रो बसः चालक सहित बढीमा १४ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(घ) कार र ट्याक्सीः चालक सहित बढीमा ५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ङ) टेम्पोः चालक सहित बढीमा ४ जनासम्म यात्रु राख्न सक्ने सिट संख्या भएको मिटर जडित टेम्पो र सो बाहेक मिटर जडान नभएको बढीमा १३ सिट संख्या भएको अन्य टेम्पो,
(च) मोटर साईकल, स्कूटर र सन साईनः चालक सहित बढीमा २ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको ।

दफा १६. मालवाहक सवारीको वर्गीकरण, तथा क्षमताः मालवाहक सवारीको वर्गीकरण तथा त्यसको क्षमता देहाय बमोजिमको हुनेछः-

(क) ट्रक तथा टैंकरः अघिल्लो तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ प्रति एक्शल १०.२ टन सम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ५ जनासम्म लोडर बस्न सक्ने,
(ख) मिनि ट्रकः अगाडि तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ ५ टनसम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ४ जनासम्म लोडर बस्न सक्ने,
(ग) पावर टिलरः चालक सहित बढीमा एक सिट र एक टन सम्मको भारवहन गर्न सक्ने क्षमता भएको,
(घ) पिकअपः चालक सहित पाँच सिट र एक टनसम्मको भारवहन गर्न सक्ने ।


दफा २३ क. चालक अनुमतिपत्रको निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्नेछः-

(क) यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(घ) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा,
(ङ) सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा,
(च) सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा,
(छ) चालकले मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरी सवारी चलाएमा ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ आठौं संशोधन २०७४ मा सवारी साधानको क्षमता तथा कारवाहीको व्यवस्था गरिए तापनि कार्यान्वयन पक्ष भने फितोलो भएको छ । सडकको दुरावस्थाका कारण पहाडी क्षेत्र ठूलो मत्रमा मानविय क्षती हुदै आएको छ । नेपालका घुम्ति, साघुँरा सडक र त्य पनि ओभर टेक गर्ने भएक कारण पनि सडक दुर्घटना हुन थालेको छ । सडक दुर्घटनालाई न्यूनिकरण गर्न कुनै एक पक्षमात्र नभई सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्नु पर्दछ ।

सवारी साधानको मर्मत, क्षमता अनुसारको यात्रु वोक्ने तथा सामान लोड गर्ने, सवारी चालकले मादक पदार्थ सेवन नगर्ने तथा सवारी चालक अनुमतीपत्र अनिर्वाय रुपमा लिनुपर्ने, पैदल यात्रीले जही पायो त्यहीबाट वाटो नकाट्ने, जेब्राक्रसिङ्गको प्रयोग गर्ने, फुटपाथको प्रयोग गर्ने, सम्बन्धित निकायले सडक मर्मत तथा ट्राफिक नियमका संकेत र जनचेतनाको काम गर्ने लगायतका सावधानी अपनाएमा सडक दुर्घटना न्यूनिकरणमा मद्दत मिल्न सक्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस