काठमाडौं । अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको ज्यान गएको छ ।
टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव गत आइतबार निकालिएको समचारमा जनाइएको छ ।
डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो । टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो । एजेन्सी
तपाईंको प्रतिकृया



