रोकिएन कोरोना कहरः विश्वमा १ करोड ६१ लाख संक्रमित, ६ लाख ४६ हजारको मृत्यु

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६१ लाख नाघेको छ । सोमबाट एकैदिन २ लाख ५४ हजार २७४ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ करोड ६१ लाख १४ हजार ४४९ पुगेको हो ।

यस्तै सोमबार विश्वमा ५ हजार ४९० कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबारको तुलनामा यो संख्या धेरै हो । आइतबार ४ हजार ८२३ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

सोमबार ५ हजार ४९० जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म ६ लाख ४६ हजार ६४१ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री