भारतमा एकैदिन कोरोनाबाट ७०८ जनाको मृत्यु, करिब ५० हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७०८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ हजार ७७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । भारतमा कुल संक्रमित १४ लाख ३५ हजार ४५३ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९ लाख १७ हजार ५६८ जना ठिक भएका छन् भने ४ लाख ८५ हजार ११४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ६८ लाख ६ हजार ८०३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख १५ हजार ४७२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस