कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ५७ लाख नाघ्यो, ६ लाख ४० हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो ।

आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार २७० कोरोना संक्रमितको मृत्यु भएको थियो । शुक्रबार ९ हजार ७५३ संक्रमितको मृत्यु भएको थियो ।

आइतबार ४ हजार ८२३ कोरोना संक्रमितको मृत्यु भएसँगै विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार नाघेको छ । विश्वमा हालसम्म ६ लाख ४० हजार १६ जनाको मृत्यु भएको हो ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस