सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका पोखरीमा मृत भेटिएका छन् ।
ईश्वरपुर नगरपालिका–१४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जलीकुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरतीकुमारी महतो मृत भेटिएका हुन् ।
उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी थालेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।
दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले जानकारी दिए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान शुरु गरेको प्रवक्ता कुँवरले बताए ।
प्रतिकृया दिनुहॊस