काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ । नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ ।
सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ३२ पैसामा खरिद तथा १ सय १९ रुपैयाँ ९२ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, १ युरोको खरिद दर १ सय ३८ रुपैयाँ २७ पैसा तथा बिक्री १ सय ३८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
तपाईंको प्रतिकृया




