कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो, ६ लाखभन्दा धेरैले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ६ लाख ६६५ जनाको ज्यान गइसकेको छ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जना संक्रमित भेटिएका छन्। त्यहाँ ज्यान गुमाएका संक्रमितको संख्या १ लाख ३९ हजार १२८ पुगेको छ।

अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्। ब्राजिल, बेलायत, मेक्सिको, इटली र फ्रान्समा अन्यत्रभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। भारतले संक्रमितको संख्यामा रूसलाई पनि उछिनेको छ।

त्यहाँ संक्रमितको संंख्या १० लाख ३ हजार ८३२ जना पुगेको छ। महामारीकै बीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा लगाइएको लकडाउन खुकुलो पार्ने घोषणा गरेका छन्। आउँदो क्रिसमससम्म बेलायतको अवस्था सामान्य बनाउने बेलायतको योजना छ।

अमेरिकामा एकैदेनि ७४ हजार ५०० संक्रमित थपिएका छन्। कोरोना महामारी सुरु भएपछि एकैदिन भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds