मौद्रिक नीति आउँदै, कोरोनाले थलिएको व्यवसायलाई होला त राहत ?

काठमाडौं । कोभिड-१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो ।

कोरोनाको कारणले थला परेका उद्यमी व्यवसायीहरूको कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण तथा पुँजीकरण गर्ने गरी मौद्रिक नीति आउने भएको हो । सार्वजनिक हुने मौद्रिक नीतिमा कोरोनाको कारण चौपट भएको अर्थतन्त्र उकास्न नै प्राथमिकता दिइने छ ।

सहुलियत दिएर बिग मर्जरमा जान बैंकहरूलाई प्रोत्साहित गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । कोरोनाको कारणले असर परेको उद्योगी र व्यवसायीहरूको आवश्यकता र असर हेरर राष्ट्र बैंकले कर्जाको ब्याज, पुँजीकरण र पुर्नसंरचना गर्ने स्कीम सहित मौद्रिक नीति ल्याउने भएको छ ।

कोरोनाको कारण प्रभावित भएका उद्योगीहरुलाई हेरेर आवश्यकता अनुसारको राहत प्याकेजलाई मौद्रिक नीतिले समेट्ने भएको छ । कोरोनाको कारण समस्यामा परेका उद्यमी व्यवसायीलाई राहत दिन राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा पुर्नकर्जा प्रदान गर्ने छ । उक्त कर्जाले साना, घरेलु तथा लघु कर्जालाई जोड दिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस