सूर्य नेपालद्वारा कोभिड कोषमा रु १ करोड

काठमाडौं ।  सूर्य नेपाल प्रालिले प्रदेश नं ५ कोभिड‍-१९ नियन्त्रण तथा उपचार कोषमा एक करोड सहयोग गरेको छ ।

उक्त   रकम बराबरको चेक सूर्य नेपालका उपाध्यक्ष रवि केसीले  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई हस्तान्तरण गरेका छन्  ।

सो अवसरमा मुुख्यमन्त्री पोखरेलले सूर्य नेपाललाई आफ्नो लगानी प्रदेश नं ५ मा पनि ल्याउन आग्रह गरे ।

त्यसैगरि,  उपाध्यक्ष केसीले आफूहरुले प्रदान गरेको रकम विशेष गरी अस्पतालका भेन्टिलेटर र सघन उपचार कक्षका लागि प्रयोग गर्न आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री