इन्भेष्टमेन्ट बैंकको सिइओमा फेरि ज्योति पाण्डे नियुक्त

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्योति पाण्डे पुन: नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।

यस कार्यकालमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पाण्डेलाई सीईओमा निरन्तता दिने निर्णय गरिरएको हो । पाण्डेको कार्यकाल यही असार मसान्तमा सकिँदै थियो ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर शुरू गरेका पाण्डेले पछि हिमालयन बैंकमा काम गरेका थिए । तत्कालीन इन्डोस्वेज बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार शुरू गरेपछि पाण्डेले इन्भेष्टमेन्ट बैंकमा काम शुरू गरेका थिए । पाण्डे ८ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस