पहिरोले बगाएर १ जना महिलाको मृत्यु

मोरङ । पहिरोले बगाएर १ जनाको मृत्यु भएको छ । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।

२७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप